साढे ३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा शिलबन्दी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 13, 2018 | 01:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साढे ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले काठमाडौंस्थित बाजेको सेकुवामा छापा मारेको छ । साढे ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले बुधबार बाजेको सेकुवामा छापा मारेको हो । 

बजेको सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे० भनिनेका मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारी सञ्चालक हुन् । समितिले काठमाडौंको बत्तिसपुतली र सोह्रखुट्टेमा रहेको बाजेको सेकुवा कर्नरमा छापा मारेको हो । सुन तस्करीसँग सम्बन्धित कागजात र सामानहरू रहेको आशंकामा समितिले पसलमा छापा मारेको हो । छापा मारेपछि पसल शिलबन्दी गरिएको छ । 

गृह मन्त्रालयको छानबिन समितिका अनुसार गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न थिए ।  समितिका अनुसार चेतनले सुनमा लगानी गर्ने तथा तस्करी गरेर ल्याएको सुन व्यवस्थापन गर्ने समितीको दाबी छ । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका भण्डारी भने फरार छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved