विज्ञान, सूचना, तथा प्रविधि युवा सम्मेलन काठमाडौँमा हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 13, 2018 | 05:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रथम विज्ञान, सूचना, तथा प्रविधि सम्मेलन काठमाडौँमा हुने भएको छ । असार १,२ र ३ गते काठमाडौँमा युवा सम्मलेन गर्न लागिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ । 

विज्ञान, सूचना र प्रविधिको क्षेत्रमा कार्यरत जनशक्तिको पहिचान गरी उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा सम्मेलन हुन लागेको हो । सम्मेलनले प्रविधिको क्षेत्रका कार्यरत जनशक्तिहरूको पहिचान गरी मुलुक निर्माणमा लगाउन ठोस योजना तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढुङ्गेलले मुलुकको विकासका लागि आवश्यक प्राविधिक जनशक्तिको खोजी गर्न सम्मेलन सफल हुने बताए । देशैभरका ४ सयभन्दा बढी युवा प्राविधिकहरुको सहभागीता रहने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । 

मुलुकको विकासका लागि अबको १० वर्षमा विज्ञान, प्रविधिको क्षेत्रमा आवश्यक लगानी र त्यसको परिणामको बारेमा सम्मेलनमा छलफल हुने बताइएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved