मुस्लिम समुदायद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (भिडियो )

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 16, 2018 | 06:17:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिराटनगरका मुस्लिम समुदायले बिदा कटौतीको निर्णयको बिरोधमा हातमा कालो पट्टी बाँधेर नमाज पढेका छन। नमाज पढेपछी त्यहाँका स्थानीयहरुले सरकारको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेर बिरोध प्रदर्शन गरेका छन।  

इद जस्तो महान पर्वलाई राष्ट्रिय पर्वबाट हटाइएको प्रति बिरोध गर्दै प्रदर्शनीमा उत्रिएका बिराटनगरका मुस्लिम समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन। राष्ट्रवादी यूवा समूह मोरङ्ग कै नेतृत्वमा बिरोध प्रदर्शन गरिएको बताइएको छ। 

बिरोध प्रदर्शनमा चर्को नाराबाजी गरेका त्यहाँ स्थानीयहरुले 'मुस्लिम बिरोधी ओलि सरकार मुर्दाबाद' 'मुस्लिम को कटोती गरेको बिदा पुर्ण घोषणा गर' जस्ता नारा लगाए।  

तत्कालिन नेकपा माओवादी र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा अन्डरलाइन) नेतृत्त्वको सरकारले इद, बकरिद र मुहम्मद जयन्तिकाे विदा पूर्ण रूपमा कटाैति गर्ने निर्णय गरेको हो। ओली नेतृत्त्वको सरकारले हिन्दु धर्मावलम्बी बाहेकका धर्ममा आस्था राख्नेहरुको बिदा कटौती गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved