अरुण तेस्रोको सुरुङमा फसेकाहरुको सकुशल उद्दार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 17, 2018 | 02:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको सकुशल उद्दार गरिएको छ। नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएकाहरुको ३९ घण्टापछी सकुशल उद्दार गरेका हुन।

उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार प्रारम्भिक स्वास्थ्य जांचपछि उनिहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम लगिनेछ। उद्दार टोलिले उनिहरुलाई डोरीको प्रयोग गरेर उद्दार गरेको घिमिरेले बताएका छन। 

कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोर शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए। 

जिल्लाको मकालु गाउँपालिका फ्याक्सिन्दामा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना अरुण तेश्रोको ड्याम साईड निर्माण स्थलको सुरुङको प्रवेशद्वारलाई पुर्ने गरि माथिबाट निरन्तरको पहिरो खसेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved