१ सय १९ जनाको जम्बो टोली लिएर मंगलबार चीन जादै ओली, संसदलाई आज जानकारी गराउदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 09:37:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन  भ्रमणको कारण  मंगलबार त्यस तर्फ प्रस्थान गर्दै छन् ।  ओलीले आफ्नो भ्रमणको  एजेण्डा र नेपालको तयारीबारे आज संसदलाई जानकारी गराउदै छन् ।  अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् । 

चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए । ओली हिमालयन एयरको विमान चार्टर गरेर चीन जान थालेका हुन्। 

ओलीको भ्रमण टोली १ सय १९ सदस्यीय रहने भएको छ।  टोलीमा ५२ जना व्यवसायी , मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना र  बेइजिङ दूतावासको टोलीका ८ जना गरी कुल ११९ जना छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved