टुंगो लाग्यो अर्थमन्त्री र गृहमन्त्रीको पदावधि , कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 10:37:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडा २ बर्षमात्र मन्त्रीको रुपमा रहने भएका छन् । राष्ट्रिय सभाका सदस्य रहेका मन्त्री खतिवडाको पदावधि २ बर्ष कायम भएको हो । राष्ट्रिय सभाका सदस्यको पदावधि गोलाप्रथाबाट आज निर्धारण हुदै छ । यसै क्रममा खतिवडालाई २ बर्षको चिट्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी मन्त्री पनि हुने छैनन  मन्त्री बन्नको लागि संसदको सदस्य हुनु पर्ने संबैधानिक ब्यबस्था छ  

उता गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल भने ६ वर्षको हुने भएको छ । गोलाप्रथामा उनलाई ६ बर्षको चिट्ठा परेको हो । बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् भने खतिवडा मनोनित हुन्।

नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो लगाएका हुन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved