हजारौलाई जीवनदान दिएका डा. उपेन्द्र देवकोटा अब रहेनन्

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 05:21:50 PM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो।  

उनी पित्त नलीको क्यान्सरबाट पीडित थिए  । बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो। देवकोटालाई उनकै चाहना अनुसार गत हप्ता उनको आफ्नै जन्मथलो गोरखा लागिएको थियो ।  जन्मथलोमा आफ्नै धाराको पानि खाएर केहि समय आराम गरेर उनलाई सोहि दिन नै काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएको थियो  । 

आफ्नो  ३४ वर्षको सेवा अवधिमा उनले २५ हजार भन्दा बढीको शल्यक्रिया गरेका थिए   ।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved