आफैले स्थापना गरेको अस्पतालमा प्राण त्यागे डा देवकोटाले, ३ छोरीले काजक्रिया गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उनी पित्त नलीको क्यान्सरबाट पीडित थिए  । उनी त्यस अस्पतालका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । देवकोटाले आफैले स्थापना गरेको अस्पतालमा अन्तिम सास लिएका हुन् । 

  छ महिनाअघि बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्केका थिए । बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । 

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मेका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया गर्ने छन्  । काजक्रिया सात दिनमा सक्ने  जनाइएको छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।  

उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बनेको हो। वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए। त्यसपछि उनले बाँसबारीमा न्युरो अस्पताल खोलेर सेवा दिन थालेका थिए। 

आफ्नो  ३४ वर्षको सेवा अवधिमा उनले २५ हजार भन्दा बढीको शल्यक्रिया गर्दै हजारौलाई नयाँ जीवन देवकोटा आज आफै विदा भएका छन्   ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved