ओली चीन गएपछि पोखरेल कार्यबाहक प्रधानमन्त्री, नेपाल कार्यबाहक अध्यक्ष

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 11:45:51 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्वेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

त्यस्तै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved