दले पत्रकारको विरुद्ध उभिदै प्रेस काउन्सिल

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 05:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली पत्रकारीता जगतमा पत्रकारीता क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन विभिन्न सयमा विभिन्न तवरका बहस हुने गर्छन । हुदै पनि आएका छन् । 

प्रेस काउन्सिल नेपालले पत्रकारीताको लाईसेन्स लिनको लागी नयाँ ऐनको मस्यौदा तयार पारेको छ । प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा अनुसार लाईसेन्स लिनको लागी लिखित, अन्तरवार्ता र प्रयोगात्मक परिक्षामा उत्तिर्ण हुनुपर्ने छ । प्रेस काउन्सिल ऐन २०४८ लाई विस्थापित गर्ने उक्त ऐनको मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको छ ।  

नेपालमा पत्रकारीता छोटो समयमा मौलाएको क्षेत्र हो । शिक्षण क्षेत्रमा पनि रुचाईने विषय अन्तर्गत पर्छ पत्रकारिता । त्रिभूवन विश्वविद्यालयले पत्रकारीताको विभाग नै खडा गरेर यो विषय अध्यापन गराईरहेको छ, पत्रकारहरु उत्पादन भैरहेका छन् । अध्ययन अध्यापनमा भएको बृद्धि र पत्रकारीताको विकासको तालमेल खासै देखिदैन । तर पनि अहिलेको पुस्ताले रोजेको विषय र क्षेत्र बनेको छ पत्रकारिता । पत्रपत्रिका र विद्युतिय माध्यम दुबै थरीको पत्रकारीतामा राम्रो विकास भएको देखिन्छ । जहाँ अनगिन्ति पत्रकारहरु जन्मिरहेका छन् र जन्मिने क्रम पनि जारी छ । 

पत्रकारीता पेशा गर्न पत्रकारीता नै अध्ययन गर्न नपर्ने र केहि समय सञ्चार माध्यममा काम गरेर अनुभव बटुलेपछि सजिलै पत्रकार लाईसेन्स लिन पाउने व्यवस्था सूचना विभागले गरेको थियो । यो व्यवस्था कतिपय पत्रकारिता गरिरहेको तर सम्बन्धित विषय अध्ययन नभएकाका लागी आवश्यकता नै थियो भने कतै पत्रकारिताको आडमा हुने गरेका खराब काम देख्दा घातक पनि बनेको देखिन्छ । पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताको पालना हुन नसक्दा पत्रकारीता पेशा माथि नै बेलाबेलामा प्रश्न चिन्ह पनि उठ्ने गरेको पाईन्छ । जसले पत्रकारीता पेशालाई मूल्य विहिन पेशातर्फ उन्मुख गराईरहेको पनि छ । 

च्याउ सरी उम्रीरहेका सञ्चार माध्यमहरु जसले पत्रकारीतालाई गलत ढंगबाट प्रयोग गर्दै आइरहेका छन् । व्यक्तिगत फाईदा देखि समाजमा नकारात्मक सन्देश फैलाउन पनि पत्रकारीता पेशा नै अंगालेको पाईन्छ । 

समग्र नेपाली पत्रकारीता क्षेत्रको कामलाई अनुगमन गर्ने जिम्मा लिएको प्रेस काउन्सिल नेपलले पत्रकारीता क्षेत्रमा देखिएको बिसंगतीलाई रोक्न प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा तयार पारेको छ । अन्य विषयहरु डाक्टर वकिलको जस्तै पत्रकारको पनि परिक्षा लिने र उत्तिर्ण भएको प्रमाणपत्र दिने व्यवस्था उक्त प्रस्तावमा रहेको छ । परिक्षा भने नेपाली र अंग्रेजी भाषामा लिईने व्यवस्था मिलाइृने छ ।   

प्रेस काउन्सिलले सर्वोच्च अदालतका पूर्वरजिस्टर रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा पत्रकार आचारसंहिता योग्यता परिक्षण कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले २०७३ साउनमा काउन्सिललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको निष्कर्षमा व्यवसायीक पत्रकारीताका लागी कुनै योग्यता नतोकिएपछि दिन प्रतिदिन सञ्चारमाध्यमको गुणस्तर खस्किदै गएकाले उक्त नियमको आवश्यकता रहेको निष्कर्ष कार्यदलको थियो । सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा काउन्सिलले नयाँ ऐनको मस्यौदा तयार पारेको हो । 

प्रेस काउन्सिलका कामु अध्यक्ष किशोर श्रेष्ठ विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताउँछन् । “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन” उनले भने । मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved