विपी राजमार्ग विवाद : सर्वोच्चले दिएको समय सकियो, यातायात मन्त्रालय अझैँ अन्यौलमा

४ जिल्लामा खाद्यान्न अभाव
निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 06:27:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विपी राजमार्ग अन्तर्गतको सिन्धुली खुर्कोट सडकखण्डमा ठूला मालबाहक सवारी सञ्चालनमा सर्वोच्च अदालतले रोक लगाएपछि रामेछाप सहित उत्तरी जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

सरकारले गत जेठ १४ गते विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सडक खण्डको सबै १ सय ५८ किलोमिटर भरी नै यस अघि १८ सिट क्षमतासम्मका सार्वजनिक गाडी सञ्चालन गर्न पाउने नियम उल्ट्याउँदै ३२ सिट र १६ टन क्षमताका मालबहाक गाडी सञ्चालन गर्न दिने निर्णय गरेपछि सर्वोच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि रामेछाप, दोलखा, ओखलढुङ्गा र काभ्रेपलाञ्चोकको जनजीवन कष्टकर बन्दै गएको छ । विपी राजमार्ग हुँदै ठूला तथा मालबाहक सवारी प्रवेशमा रोक लगाईएपछि ती जिल्लामा खाद्यान्न अभाव भएको छ ।  

सर्वोच्च अदालतले जेठ २१ गते निर्णय कार्यान्वयन नगर्न र निर्णय गर्नुपर्नाका कारण सहति १५ दिन भित्र उपस्थित हुन सरकारका नाममा आदेश दिएपनि यातायात मन्त्रालय भने अझै अन्यौलमा छ । सर्वोच्चले दिएको १५ दिनका समयसिमा बितिसक्दा पनि मन्त्रालयले कारण पेश गरेको छ कि भन्नेमा अन्यौल छ । 

मन्त्रालयका प्रवक्ता राजेन्द्र शर्मा (काफ्ले) आफू यस विषयमा जानकार भएपनि सर्वोच्च कारण पेश भए नभएको हेर्ने सहसचिव एव सम्बन्धित कार्यदलका प्रमुख केशव शर्माले हो भन्दै आफू पन्छिए । तर मन्त्रालयका सहसचिव एवं यातायात व्यबस्थापन सुधार सुझाव कार्यदलका संयोजक शर्माले भने यो मन्त्रालयको नियमित काम भएको भन्दै कार्यदलको क्षेत्राधिकार भित्र नपर्ने बताए । उनले प्रशासनिक काम भएकोले प्रशासन महाशाखा प्रमुख धु्रवराज जोशीसँग सम्बन्धित विषय भन्दै आफू पन्छिए । 

प्रशासन महाशाखा प्रमुख जोशी पनि यो विषय कि मन्त्रालयका प्रवक्तालाई थाहा हुने कि यातायायत व्यबस्था विभागलाई थाहा हुने भन्दै बाहिरिए । उनले विभागका कामु महानिर्देशक प्रेम कुमार सिंहको सम्पर्क नम्बर दिए तर सिंहको फोन सम्पर्क भएन । त्यसपछि विभागका सूचना अधिकारी तुलसीराम अर्याललाई सम्पर्क गर्दा उनले विपी राजमार्गको विषयमा कुरा गर्नुछ भन्ने वित्तिक्कै ४ घण्टा लामो मिटिङमा छु भन्दै फोन काटे । 

मन्त्रालय विभागलाई जिम्मा दिएको छ भन्ने विभाग सम्पर्कमा नआउने हुँदा अदालतले दिएको समयसिमा सकिएको छ । यसअघि विभागका सूचना अधिकारी अर्यालले विपी राजमार्गमा भारबहन क्षमता तोकिएको भन्दै ठूला गाडी सञ्चालन गर्न दिन नहुनेमा अड्डी कसेका थिए । 

विपी राजमार्गमा ठूला सवारी नचल्दा रामेछाप, दोलखा, ओखलढुङ्गार काभ्रेपलाञ्चोकमा खाद्यान्न अभाव हुन थालेको छ । केही व्यबसायी निरन्तर आन्दोलनमा भएपनि केहीले भने यसैलाई कमाउने मौकाको रुपमा प्रयोग गर्दा रामेछाप सहित विभिन्न जिल्लामा कालोबजारी हुन थालेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved