बिग्रियो रबिको छबि: गैर कानुनि काम गरेको पुष्टि, गृहले बढायो कारबाही प्रकृया

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 20, 2018 | 04:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकारिता गरेर समसामयीक विषय उठान गर्दै प्रत्यक्ष जवाफ माग गर्दै नेपालीका प्रिय पत्रकार बनेका रबि लामिछाने यतिबेला विवादमा तानिएका छन् । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रमले ह्वात्तै चर्चा बटुलेका लामिछानेलाई उक्त कार्यक्रमले लोकप्रीय बनाएपनि प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा उनी चाडै कानुनी कारबाहीको भागीदार बन्ने सम्भावना प्रवल देखिन्छ।

नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिक बनेका लामिछाने नेपालमा नाता भिसा लिएर बसेको भन्दै अध्यागमन बिभागले उनलाई नेपालमा कुनै पनि संघ संस्थामा काम गर्न नपाउने प्रष्ट पारेको छ। अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई सन ०४ अक्टोबर २०१८ सम्म अवधि रहने गरि गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको बिभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उल्लेख छ।  

‘नाता भिसा’ मा नेपालमा कुनै पनि काम गर्न नपाउने थाहा हुँदा हुँदै लामिछानेले प्रेस काउन्सिलमा प्रेस पासको माग गरेको खुल्न आएको छ। तर प्रेस काउन्सिलले नेपालमा पत्रकारको जनशक्ति पर्याप्त भएको भन्दै लामिछानेलाई प्रेस पास दिन अस्विकार गरेको जवाफ पठाएको छ।

काउन्सिललाई जवाफ लेख्दै लामिछानेले भनेका छन, 'म विदेशी नागरिक होइन, नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु, अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन, म एक कार्यक्रम सञ्चालक हुँ, कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन्’

उनले अगाडी लेख्छन,‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्म हत्यासमेत गर्नुपर्ने स्थितिमा पुर्याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरामा मृत्यु पर्यन्त विश्वास गर्छु र ढोंगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ।  मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रूपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु, उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेकै छैन, ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ, अहिलेको अवस्थामा प्रेस पास लिनभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’  

लामिछानेले नेपालमै बसेर काम गर्ने इच्छा देखाएपनि अध्यागमन नियमावली २०५१ को दफा २० को (१) ले पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ। सोहि ऐनको दफा २० को उपदफा २ ले भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न नपाउने व्यवस्था गरेको छ।

लामिछाने कार्यरत न्युज २४ ले उनको लागि प्रेस पास माग गर्दै सूचना बिभागमा निबेदन दिएको थियो। न्युज २४ ले २०७४ असार १ गते गत आर्थिक बर्ष २०७४÷०७५ का लागि 'दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी' उल्लेख गरि निबेदन पेश गरेको थियो। निबेदनका अनुसार लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको प्रष्ट भएको छ। 

तर सूचना विभागले २०७४ चैत १ गते प्रेस काउन्सिललाई पत्र लेखी लामिछानेले विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको भन्दै प्रेस पास दिन अस्विकार गरेको थियो।

त्यस्तै कुमुद लोहनी र लक्ष्मण विकले प्रेस काउन्सिलमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा जबरजस्ति प्रवेश गर्ने गरेको र उनी विदेशी नागरिक भए पनि श्रमको इजाजत नलिई नेपालमा अवैध रूपले काम गरिरहेको भन्दै कानुन बमोजिम कारबाहीको माग गरेका छन। उजुरी परेपछि काउन्सिलले छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाउँदै लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी गरेको छ।

सोहि उजुरीको आधारमा गृह मन्त्रालयले नाता भिसामा नेपालमा रहेको बिदेशी नागरिक लामिछानेले कसरि काम गरे भन्दै २०७४ पुष १३ गते संचार मन्त्रालयसंग जवाफ माग गरेको छ। 'नाता भिसाको आधारमा गैरपर्यटकीय भिसा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामछिाने (पासपोर्ट नम्बर ५१२९६६९८१) लाई मिडिया क्षेत्रमा रही कार्य गर्ने सहमति दिने सम्बन्धमा तहाँको राय–प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ’ गृहले लेखेको पत्रमा उल्लेख छ।   

संचार मन्त्रालयले लामिछानेलाई काम गर्ने अनुमति नदिएको स्पष्ट पार्दै गृहलाई लेखेको जवाफमा भनिएको छ, 'न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय–प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४ ÷९ ÷२१ मा नेपाल सरकार राज्य मन्त्रीस्तरीय निर्णय अनुसार अनुरोध गर्दछु’ 

विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर सम्बन्धी कानुन’ अनुसार लामिछानेलाई कारबाही हुने सम्भावना छ। अनुमतिबिना कसैको तस्बिर खिच्न र अरूको आवासमा अनुमतिबिना प्रवेश गर्न नहुने व्यवस्था उक्त कानुनले गरेको छ। यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

अध्यागमन बिभागले लेखेको चिठी 



 

गृह मन्त्रालयले संचार मन्त्रालयसंग जवाफ माग गरेको 

सूचना बिभागले गृहलाई पठाएको जवाफ 


























श्रम स्वीकृति नलिएको भन्दै श्रम बिभागले प्रेस काउन्सिललाई लेखेको पत्र 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved