विवादित बनेका रवि लामिछानेलाई चर्चित व्यक्तिले दिए साथ, कसले के भने ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2018 | 02:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

‘न्यज ट्वान्टि फोर’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर लोकप्रिय बनेका  प्रस्तोता रबि लामिछाने अमेरिकी नागकिर हुन भन्दै विवादित बनेपछि सामाजिक अभियान्ताहरुले उनलाई साथ दिएका छन् । एकाएक आलोचित बनेपछि उनको समर्थनमा सामाजिक अभियान्ता, कलाकार लगायतले आफूहरु तपाईको साथमा रहेको भन्दै आफ्नो कर्ममा डटेर लाग्न हौसला दिएका छन् । 

कसले के भने ?

हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस), कलाकार दिपकराज गिरी, अभिनेत्री स्वेता खड्का, पत्रकार प्रेम बानिया लगायतले सामाजिक सञ्जाल मार्फत नै रवि लामिछानेको समर्थन गर्दै उनलाई हौसला बढाउन लागेका छन् । 

धुर्मुसले लामिछानेसँगको तस्बिर शेयर गर्दै लेखेका छन्, “तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ, हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ १ अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ ! we are with u रबि दाइ !” 

त्यस्तै कलाकार दिपकराज गिरीले लेखेका छन्, “सामान्य नागरिक जस्को कहिं पहूचं छैन केहि अप्ठेरो पर्यो भने रबि लामिछानेलाई भेट्न पाए हुन्थ्यो भनेको सुनेको छू।।। केहि भए पनि नभए पनि भरोसा त छ ।”

अभिनेत्री स्वेता खड्काले पनि लामिछानेको समर्थन गर्दै विश्वकपसँग जोडेर सामाजिक सञ्जालमा लेखेकी छन्, “यो बेला रबी लामिछानेको विरुद्धमा बोल्नु र अर्जेन्टिना हार्छ भनि अनुमान लगाउनु दुवै अरिंगालको गोलामा ढुंगा हान्नु बराबर ।”

पत्रकार प्रेम बानियाले पनि लामिछानेको समर्थन गर्दै लेखेका छन्, “एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि ९मात्र केही समयको लागि० विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो म जस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कतिकतिको के(के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । उनीहरु भनिरहेका छन्, रबिले वर्कपरमिट लिएन, यसो गर्यो, त्यसो गर्यो, जेल हाल्नुपर्छु आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’ को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँगु कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ?’

‘हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !!!”

त्यस्तै चर्चित हास्य कलाकार मनोज गजुरेलले पनि लामिछानेको अभियान लाखौ जनताद्धारा अनुमोदित अभियान भएको बताएका छन् । उनले लेखेका छन्, “रवि लामिछानेको ‘बिद्रोहकारिता’ लाखौं जनताद्वारा अनुमोदित अभियान हो । उनिमाथी उठेका प्रश्न प्रकृयागत भए सम्बोधन हुनुपर्छ, नियतबस उठाएका हुन् भने यो सुचनाक्रान्ती दबाउन असम्भव छ । सुशासन र सदाचारका लागि ‘सिधा कुरा’ले राज्यलाई कमजोर हैन, झन् जिम्मेवार र बलियो बनाउनेछ । म तपाईंको उर्जालाई समर्थन गर्छु  Rabi Lamichhane जि ।”

लमिछानेद्धारा आरोपको खण्डनः

रबिले भने आफुले अमेरिकी पासपोर्ट अमेरिकी सरकारलाई बुझाईसकेको प्रतिक्रिया दिएका छन् । आफुले पासपोर्ट नेपालस्थित अमेरिकी दुतावासलाई बुझाएको बताउँदै उनले भनेका छन्, “झुट र भ्रमको खेती गर्न छाडौं । यर्थातमा के हो त्यो बुझ्ने प्रयास गरौं ।”

तर अध्यागमन विभागले भने लामिछाने नेपाली नातेदार भएको जनाएको छ । विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा लामिछानेलाई सन् २०१८ अक्टोबर ४ सम्म ९गैर पर्यटक० नातेदार भिषामा नेपाल बस्न अनुमति दिइएको छ । 

विभागले सोही पत्रमा लामिछाने अमेरिकी नागरिक भएकाले नेपालमा नातेदार भिषामा रहेको र अध्यागमन नियमावली २०५१ को दफा २० को (१) अनुसार कुनै पनि देशको नागरिकले नातेदार भिसामा रहँदा पारिश्रमिक लिएर वा नलिएर कुनै पनि उद्योग, व्यापार, व्यावसाय वा संस्थामा काम गर्न पाउँदैनन् भन्ने स्पष्ट लेखेको छ ।

अमेरिकी नागरिक भएको आरोप लागेका लामिछानेको समर्थनमा सामाजिक अभियान्ता र कलाकार तथा पत्रकारहरु एकजुट भएका छन् । अमेरिकी नागरिक भएकोले श्रम इजाजत नलिई काम गरेको तथा व्यक्तिको घर तथा कार्यालयमा जवर्जस्ति प्रवेश गर्ने गरेको पनि आरोप लागेको छ । यो आदेश प्रमाणित भएमा उनलाई अब बन्ने कानुनको आधारमा ३ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । यही तथ्यलाई आधार मानेर अध्यागमन विभाग, सूचना विभाग तथा गृह र सञ्चार मन्त्रालयबीच भएको पत्राचारको व्यहोराको आधारमा विजपाटी डटकमले पनि समाचार लेखेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved