पत्र काटेको ४८ घण्टा नबित्दै रबिले साढे २ लाख तिरेर अमेरिकी नागकिरता त्यागेको खुलासा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2018 | 05:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेस काउन्सिल नेपालले  पत्र काटेको ४८ घण्टा नबित्दै साढे २ लाख रुपैयाँ बुझाएर अमेरिकी राहदानी र नागरिकता त्याग गरेको खुलासा भएको छ । काउन्सिलले लामिछानेको नेपाल बसाई र उनको नेपालमा श्रम अधिकारको विषयमा सरोकारवालाई असार ४ गते पत्राचार गरेको थियो । तर असार ६ गते लामिछानेले अमेरिकी नागरिकता र राहदानी परित्याग सम्बन्धि निवेदन दिएको गृह मन्त्रालयले जनाएको छ । 

लामिछानेले २ लाख ४८ हजार ५ सय रुपैयाँ बुझाएर अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको भन्दै अध्यागमन विभागलाई निवेदन दिएका छन् । 

यस अघि काउन्सिलले २०७४ साल चैत्र २३ गते स्पष्टिकरण सोध्दा उनले आफू विदेशी नागरिक नरहेको र श्रम इजाजत लिएको भन्दै झुठो दाबी सहित २०७५ बैशाख ६ गते काउन्सिललाई जवाफ दिएका थिए । 

काउन्सिलले आज सार्वजनिक गरेको विज्ञप्ती 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved