भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै, प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 03:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको फर्चुना इन्भेष्टमेन्ट कम्पनीले चीनबाट ५ अर्ब लगानी भित्र्याउने भएको छ। फर्चुना इन्भेष्टमेन्ट र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच लगानी समझदारी भएको हो।   

चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्तिथीमा अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन् ।  

उक्त सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन। समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौने ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ । सम्झौताअनुसार सो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए । 

विशेषगरी उच्च पहाडी भू–भागमा कृषिजन्य वस्तुको उपलब्धता, आधुनिकिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य वस्तुको उत्पादन र प्रोसेसिङमार्फत गुणस्तरीय कृषिजन्य वस्तुको चीनतर्फ निर्यातमा सो लगानी भित्र्याइन लागिएको बताइएको छ । यसैगरी पूर्वाधार अन्तर्गत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तारमाजस्ता क्षेत्रमा लगानी गरिनेछ । सम्झौता अनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट संचालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने निर्देशक पाण्डेले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved