रबि लामिछाने प्रकरणमा काउन्सिलका अधिकारिलाई ज्यान मार्ने धम्कि, प्रहरीलाई जानकारी गराइयो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 09:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

रबि लामिछाने प्रकरणमा प्रेस काउन्सिल नेपालका सूचना अधिकारि दिपक खनाललाई ज्यान मार्ने धम्कि आएको छ। रबि लामिछानेको हवाला दिंदै +६१४२३०५९६६ बाट मार्ने धम्की आएको खनालले जनाएका छन। 

खनालले सामाजिक संजाल फेसबुक मार्फत आफुलाई रबि लामिछाने प्रकरणमा ज्यान मार्ने धम्कि आएकोबारे जानकारी गराएका हुन। उजुरीकर्ताले भने अनुसार लिखित जवाफ माग्दा आफुलाई ज्यान मार्ने धम्कि आएको भन्दै खनालले यस घटनाबारे प्रहरी प्रशासनको समेत ध्यानाकर्षण गराएका छन। 

खनालले आफुले नियमित प्रकृया पुरा गर्दा रबि लामिछानेले धम्कीपूर्ण पत्र पठाएर सामाजिक संजालमा जनमत बिभाजन गरि द्वन्द्व बढाएको आरोप समेत लगाएका छन।    

'रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो' खनालले लेखेका छन, 'त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो।'

काउन्सिलले आचारसंहिता अनुसार अहिलेसम्म कयौंलाई पत्र लेखेको स्पष्ट पार्दै खनालले लेखेका छन 'विका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन । सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन।'

आफुहरुले आधिकारिक बाहेक व्यक्तिगत कुरा नलेखेको स्पष्ट पार्दै खनालले लेखेका छन, 'हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ।'    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved