कोरिया जान सिप परिक्षा अनिवार्य, कहिलेबाट हुन्छ लागु ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 24, 2018 | 03:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भाषा पास गरेर दक्षिण कोरिया जाने नेपालीहरुले अब सिपमा आधारीत परिक्षा पनि पास गर्नुपर्ने भएको छ । सन् २०२० देखि दक्षिण कोरियाले परिक्षापछि नेपालबाट कामदार लैजाँदा भाषासंगै सिपको पनि परिक्षण गर्ने तयारी गरेको हो । 

कोरियामा रोजगार अनुमति लिन भाषा परिक्षा मात्र पास गरेर जान पाउने व्यवस्था सन् २०१९ सम्म रहने र त्यसपछि भाषासँगै सिपको पनि परीक्षा उत्तिर्ण गर्नुपर्ने प्रावधान आउन लागेको हो । कोरीयाको मानव संशाधन विभागले नेपालमा यसअघि नै कामदार छनोट प्रणलीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो । १६ देशबाट कामदार लैजाने गरेको कोरियाले अन्य देशहरुमा यस अघि नै यो प्रणाली लागू गरिसकेको छ ।  

सन् २०१९ देखि नै नेपाली युवाहरुको सिप क्षमता परिक्षण गरेर लैजाने घोषणा गरेतापनि तयारी नपुगेपछि एक बर्ष पछि धकेलिएको ईपिएस नेपालका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । 

नयाँ प्रणाली लागु भएपछि भाषामा राम्रो पास गरेपनि सिप नभएका युवाले कोरिया जान पाउने छैनन् । कोरिया जानेहरुले भाषामा दक्ष हुनका साथै सिपमा पनि दक्ष भई सिप परिक्षा पनि पास गर्नुपर्ने हुन्छ । 

कोरियाले नयाँ प्रणाली लागू गरेपछि उत्पादनमूलक र कृषि समुहमा जाने कामदारले सोहि अनुरुपको अंक ल्याउनु पर्ने छ । उत्पादनमूलक समुहमा जाने कामदारले भाषा परिक्षामा ८० प्रतिशत र सीप परिक्षामा २० प्रतिशत अंक ल्याउनुपर्नेछ । साथै कृषि समुहबाट जाने कामदारले भने भाषामा ल्याएको अंकलाई ७० प्रतिशत मानिने छ भने सिप परिक्षाबाट आएको अंकलाई ३० प्रतिशत मानिने छ । 

सीपमा आधारीत परिक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनुवाई र लेखाईको परिक्षा प्रणालीलाई परिमार्जन गरेर नयाँ स्वरुप दिईनेछ । कामदारले दाबी गरेको सिपलाई परिक्षण गरेर मात्र कामदारलाई कोरिया लगीनेछ । भाषा मात्र पास गराएर लैजाँदा विभिन्न समस्या देखिएपछि कोरियाले सिप परिक्षा पनि लागू गराउन लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved