इमर्जेन्सी लाईसेन्स वितरणमा कडाई, दैनिक २५ वटा मात्रै छापिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 25, 2018 | 11:44:06 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणमा कडाई गर्ने भएको छ ।  इमर्जेन्सी लाईसेन्स समत भनिने यस अत्यावश्यक लाइसेन्स अब दैनिक २५ वटामात्रै प्रिन्ट गर्ने बिभागको तयारी छ । विभागका अनुसार सोर्स÷फोर्सका आधारमा अत्यावश्यक लाइसेन्स लिनेको संख्या बढेकाले त्यस्ता व्यक्तिलाई निरुत्साहीत गर्नका दैनिक २५ वटा लाइसेन्स छाप्ने तयारी भएको हो  । 

विभागले ड्राइभिङ, अध्ययन भिसामा विदेश जाने र शान्ति सेनामा जानेहरुलाई सुविधा दिनका लागि अत्यावश्यक लाइसेन्स प्रदान गर्दै आइरहेको छ । ‘असल उद्देश्यले सुरु गरिएको अत्यावश्यक लाइसेन्समा शक्तिको भरमा लाइसेन्स लिनेको संख्या बढेको छ, त्यस्ता व्यक्तिलाई निरुत्साहीत गर्नका दैनिक २५ वटा अत्यावश्यक लाइसेन्स छाप्ने तयारी गरिएको हो,’ विभागका प्रवक्ता तुलसीराम अर्यालले भने ।

हाल विभागमा ५०÷६० जनाको दरले अत्यावश्यक लाइसेन्स लिन आउने गरेका छन् । त्यसमा आधा भन्दा धेरै उच्च ओहदामा बसेका व्यक्तिका सिफारिसका हुने विभागका एक अधिकारी बताउँछन् । ‘अत्यावश्यक लाइसेन्स  प्रिन्ट गर्दा सिस्टममा काम गर्न सकिएको छैनन्, सिस्टम बाहिर रहेको एउटा लाइसेन्स प्रिन्ट गर्दा कामै रोक्नु पर्ने आवश्यकता छ, अधिकारीले भने, ‘अनावश्यक व्यक्तिलाई लाइसेन्स प्रक्रियाबाट बाहिर राख्नका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।’

 नियमित प्रक्रियाबाट लाइसेन्स लिंदा ९ महिनाभन्दा बढी समय लाग्ने गरेकोमा इमर्जेन्सी लाईसेन्स एक साता भित्रै तयार हुन्छ ।

साथै विभागले दुई महिना भित्रमा पाइपलाइनमा रहेका सम्पूर्ण लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । हाल विभागमा तीन लाखको  हाराहारी लाइसेन्स प्रक्रिया पूरा गरेका सेवाग्राही छन् । यसरी अनावश्यक लाइसेन्स प्रिन्ट गर्दा लक्ष्य अनुसारको सफलता हात नपर्ने भएकाले विभागले यस्तो किसिमको तयारी गरेको हो । विभागसँग चालु अवस्थाको चार वटा प्रिन्टर छन् । ती प्रिन्टरले दैनिक दुई हजार लाइसेन्स छाप्ने गरेको छ । साथै दैनिक एक हजार प्रति दिन लाइसेन्स छाप्ने प्रिन्टर जडान गर्ने क्रममा छ । यसरी काम गर्दा दैनिक ६ हजार लाइसेन्स विभागले प्रिन्ट गर्ने देखिन्छ । पाइपलाइन्न बाहिरको लाइसेन्स छाप्नका लागि सफ्टवेर नयाँ लाइसेन्सको विवरण थप्नुपर्ने हुन्छ । त्यस्तो लाइसेन्स छाप्नका लागि कम्तीमा आधा घण्टाको समय लाग्ने विभागको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved