सुन काण्डका ठूला अपराधीलाई समात्न गृहमन्त्रीको ध्यानाकर्षण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 06:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ ।

छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्ण रुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि सांसदहरुको माग गरे।

सोमबारको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए। रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved