असार भित्रै बानेश्वर र महाराजगन्जमा बन्ने अन्डरपासको डिजाइन बनाउने कम्पनी छनौट हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 11:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

काठमाडौंको नयाँ बानेश्वर र महाराजगंजमा बन्ने अन्डरपासको डिजाइने बनाउने कम्पनी असारमसान्तसम्म छनोट गरिने भएको छ । अन्डरपास बनाउन स्वदेशी र विदेशीसहित ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । पुलमहाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रभातकुमार झाले अन्डरपासको डिजाइन बनाउने कम्पनी असारमसान्तसम्म छनोट गरिसक्ने जानकारी दिएका छन् ।

‘६ जनाको टिम बनाएर कम्पनीको प्रस्ताव मूल्याङकन गरिरहेका छौं । २÷३ वटा कम्पनीको मूल्याङकन सकिसकेको छ,’ झाले भने, ‘अन्य कम्पनीको फाइल अध्ययन हुने क्रममा छ । चालु आर्थिक वर्षभित्रमा कम्पनी छनोट गरेर आगामी आर्थिक वर्षमा टेण्डरको प्रक्रियामा जाने छौं ।’

महाशाखाले बानेश्वर र महाराजगंजमा बढ्दै गएको सवारी जामलाई न्युनिकरण गर्ने विकल्प स्वरुप अन्डरपास बनाउन खोजेको हो । 

महाशाखाले २०७४ पुसमा नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपास बनाउन इच्छुक कम्पनीको बारेमा जानकारी लिनका लागि एक्प्रेसन अफ इन्ट्रेस्स (इओआइ) आव्हान गरेको थियो । अन्डरपासको डिजाइन बनाउनका लागि १३ वटा कम्पनीले इच्छा जाहेर गरेका थिए । त्यसमध्ये महाशाखाले ६ वटा कम्पनीलाई अन्डरपासको डिजाइ बनाउन छनोट गरेको थियो । 

अन्डरपासको डिजाइन बनाउनका लागि चीनको कम्पनी विल्डिङ डिजाइन अथोरिटी–जेभी बेजिङ चिन हाइवे इन्जिनियरिङ एण्ड कन्सल्टिङ एण्ड बीएन कन्सल्टेन्सी, सिभिल इफमेटिक्स एण्ड सलुसनसहित ६ वटा कम्पनीबाट प्रस्ताव आएको छ । यस्तै स्वदेशी कम्पनीमा जीइओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्स, जीओसी–जीआइडीए–एपेक्स जेभी, आइटीइसीओ नेपाल जेभी कार्ड कन्सल्ट एण्ड होमल्याण्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसइ जेभी जिओकम इन्टरनेस्नल एण्ड सिभिल इन्जिनियरिङ रिसर्ज एण्ड कन्सल्टेन्सी छन् ।

अन्डरपास कस्तो हुन्छ ?

महशाखाले अन्डरपास बनाउनका लागि पहिलो चरणमा उपत्यकाको उच्च सवारी चाम हुने नयाँ बानेश्वर र महाराजगंज छानेको छ । नयाँ बानेश्वरको अन्डरपास साढे १ किलोमिटर र महाराजगंजको आधा किलोमिटर सडकमा अन्डरपास बन्ने छ । नयाँ बानेश्वरको अन्डरपास बिजुली बजारको धोवीखोला पुलदेखि बागमती पुलसम्म र महाराजगंजको बुसुन्धारा चोकदेखि धुम्बाराई चोकसम्म हुनेछ । 

बानेश्वर चोक र महाराजगन्ज चोकको जाम छिचोल्नका लागि यी दुई स्थानमा अन्डरपास बनाउन लागिएको इन्जिनियर झाले बताए । 

बागमती पुलदेखि बिजुली बजारतर्फ जाने गाडी अन्डरपासहुँदै जानेछन् । शंखमूल वा पूरानोबानेश्वर तर्फ जाने सवारी साधनहरु अन्डरपास माथि गड्ने छन् । यसरी गाडी गुडाउँदा बानेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको दाबी छ ।

यस्तै धुम्बराही चोकबाट बसुन्धारा चोक जाने गाडी अन्डरपास भएर गुड्ने छन् । महाराजगंज वा बूढानीलकण्ठ तर्फ जाने गाडी अन्डरपास माथि गुड्ने छन् ।

शंखमुल चोकबाट पुरानो बानेश्वर र महाराजगंज चोकबाट बुढानिकण्डतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिने छ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन् ।

अन्डरपासभित्र एक्जिट वे (बाहिर निस्किने बाटो) हुने छैन । एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्डरपासको अन्तिम बिन्दुमा पुगेरमात्र बाहिर निस्किन सक्छन् । अन्डरपासभित्र प्रवेश गर्नु अघि नै सवारी साधनहरुले आफ्नो गन्तव्य तय गर्नुपर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved