विद्यालय तहका सबै पाठ्यक्रम समावेश भएको टेलिकमको ई–क्लास सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 06:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरको माध्यमबाट विद्यालय तहमा पढाइने पाठ्यक्रम उपलब्ध गराई सिकाउन यो सेवा ल्याईउको टेलिकमले जनाएको छ । 

यस माध्यमबाट श्रब्य, दृश्य शैक्षिक सामग्रीहरु उपलब्ध हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको छ । 

मिदास ई–क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषयहरु समावेश गरिएको छ । 

आज देखी सुरु भएको यो सुविधा टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ  र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved