कुनै पनि कार्यक्रम बन्द भएको छैन, कुनै पनि कर्मचारी निकालिएको छैन: मन्त्री बास्कोटा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 06:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले  सार्वजनिक सञ्चारमाध्यममा हस्तक्षेप गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेका छन्  ।  साथै उनले नेपाल टेलिभिजनको कुनै पनि कार्यक्रम बन्द नभएको र कुनै पनि कर्मचारी ननिकालिएको दाबी गरेका छन्। विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । 

यस अगाडी नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको समाचार सार्बजनिक भएको थियो । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालकले बताएका थिए । संचालक राजु थापाले कार्यक्रममा कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिएको गुनासो गरेका थिए । 

तर संसदमा आज मन्त्री बास्कोटाले कुनै पनि कार्यक्रम बन्द नभएको र कुनै पनि कर्मचारी ननिकालिएको दाबी गरेका हुन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved