मोहियानी समस्या समाधान गर्न इकाई गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 02:34:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । 

मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ । मन्त्रालयले भूमिमा रहेको दोहोरो स्वामित्व अगामी एक वर्षभित्र अन्त्य गरिसक्ने लक्ष्यका साथ कार्य प्रक्रिया अघि बढाइएको छ । 

नेपाल सरकारको २०७४ कात्तिक २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय र भूमिसुधार कार्यालय नभएका जिल्लामा भूमिसुधारको समेत कार्य गर्ने जिल्ला सदरमुकामस्थित साविकका मालपोत कार्यालयमा आगामी भदौ ४ गतेसम्म आवश्यक कागज प्रमाणसहित निवेदन दर्ता गराउन मन्त्रालयले सम्बन्धित जग्गाधनी र मोहीलाई आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved