देशैभरी फैलियो मनसुन, ३ दिनसम्म लगातार पानी पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 11:44:25 AM मा प्रकाशित

laxmi  sunrise bank
यस वर्षको मनसुन असार १३ गतेदेखि देशैभरी फैलिएको मौसम पूर्वानुमान बिभागले जानकारी दिएको छ । यसको प्रभावले आगामी तीन दिन सम्म देशका धेरै स्थानहरूमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ 

यस बर्ष गत जेठ २५ गते पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो  । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गरेको भए पनि यस पटक मनसुन २ दिन अघि शुरू भएको हो । २ दिन अगाडी नै प्रवेश गरेको मनसुन फैलन भने समय लागेको हो । 

 

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ। यसरि SASCOF-12 मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू-भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ। स्मरणिय छसामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ। 


मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=enबाट प्राप्त गर्न सकिने बिभागले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved