यस्ता छन् बिहिबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 12:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार विहान बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीको चिन भ्रमणको समिक्षा भएकोमा बैठकले भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो । 

 मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अरव ६ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ । यूरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

त्यसैगरी बैठकले बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५,  ‘कानुनी प्रतिरक्षा निर्देशिका’ स्वीकृत गरेको छ। ‘कानुनी प्रतिरक्षा निर्देशिका’मा रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने ब्यबस्था रहेको छ । 

मन्त्रीपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved