बिरोध गर्नको लागि ७७ वटै जिल्लामा निश्चित स्थान, अन्यन्त्र गरे कारबाही हुने

माइतीघर मण्डला निषेधित क्षेत्र
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 02:10:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देशका ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्नको लागि निश्चित स्थान तोक्ने भएको छ । गृह मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मलेनमा गृहमन्त्री राम बहादुर थापा बादलले असार मसान्त भित्र हरेक जिल्लामा बिरोध प्रदर्शन गर्नको लागि निश्चित स्थान तोकिने जानकारी दिएका हुन् ।

साथै उनले तोकिएका स्थान बाहेकमा प्रदर्शन गर्ने जो कोहिलाई पनि कानुन बमोजिम कारबाही गर्ने स्पष्ट पारे ।

पत्रकार सम्मलेनमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले तोकिएको स्थानमा बिरोध प्रदर्शन गर्दा त्यसको पुर्व जानकारी दिएको खण्डमा उक्त स्थानमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिने जानकारी दिए ।

काठमाडौँको हकमा भने गत चैत्र ३० गते बसेको जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिका बीचको बैठकले बिरोध गर्नको लागि निश्चित स्थान तोकिसकेको छ ।  

नियमित जसो बिरोध प्रदर्शन हुने माइतीघर मन्डलालाई यस सुचीमा नराखेपछि केहि नागरिक अगुवाहरुले सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाएका थिए । तर मन्त्री थापाले त्यसको खण्डन गर्दै बिरोध प्रदर्शन गर्न पाउनु नागरिकको हक भएकोले त्यसको लागि मन्त्रालयले स्था सुरक्षाको प्रत्याभूति सहित स्थान नै तोकिदिएको बताए ।

डा गोबिन्द केसीले पनि माइतीघर मै बिरोध प्रदर्शन गर्न पाउनु पर्ने र त्यहि नै बिरोध गर्ने अभिव्यक्ति दिएका थिए । त्यस प्रति मन्त्री थापाले डा केसीले धेरै हठ गरेको र नियम नमाने जो कोहिलाई पनि कारबाही गर्ने चेतावनी दिएका थिए । उनले भने 'मलाई यही ठाउँमा प्रदर्शन गर्न पाउनुपर्छ भन्ने हो? यो त मलाई त्यही केटी चाहिन्छ भनेजस्तै भयो।’  

प्रदर्शनका लागि खुल्लामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर , भगवान पाउको भुँइखेल खुल्ला चौर, पेप्सिकोलाको खेलमैदान, सानो गौचरनको फुटबल मैदान, लैनचौरको समाजकल्यण परिषद् अघिको खुल्ला चौर र सिफल चौरलाई प्रदर्शन स्थल तोकिएको छ  । यस्तै, भक्तपुको सूर्यविनायकलाई प्रदर्शन स्थल तोकिएको छ।   ललितपुरको च्यासलको खेल मैदान, गोदावरी बस पार्क, भैँसेपाटी, लुबुलामाटार, धोविघाट र बज्रबाराही मन्दिरको गेटप्रदर्शन स्थल तोकिएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved