कलंकी–नागढुंगा सडक विस्तारको बाटो खुल्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 29, 2018 | 03:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले कलंकी–नागढुंगालगायत अन्य सडक क्षेत्रमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले गत असोजमा गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उपत्यकाका विभिन्न स्थानमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको हो ।  

स्थानीय बासिन्दाले सडक विस्तारका कारण आफ्नो क्षति पुग्ने भन्दै सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि बाटो विस्तारको काम रोकिएको थियो । 

फैसलामा सरोकारवालापक्षलाई सडक विस्तारका क्रममा जग्गा परेको अवस्थामा वार्ता गरी जग्गा प्राप्त गर्ने कामलाई उच्च प्राथमिकतामा राखी सहज, सरल र प्रभावकारी तरिकाले काम गर्न भनिएको छ ।   

अदालतले सडक विस्तार गर्दा कसैको आवास गुम्ने कुरामा संवेदनशील भई जग्गाधनीलाई क्षतिपूर्ति र मुआब्जा दिनू भनी सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

सडक विस्तारबाट विस्थापित हुने परिवारका बालबालिकाको पढाइको समेत ख्याल गर्नुपर्ने, शैक्षिक क्यालेन्डरको बीचमा बसोबास सार्नु पर्दा नयाँ स्कुलमा भर्ना नपाइने तथ्यलाई ख्याल गर्नुपर्ने र आर्थिक वर्षको बीचमा सडक विस्तारको कार्य गर्न नपाउने फैसलामा उल्लेख छ ।

सडक विस्तार गर्दा वातावरण संरक्षण र पुरातात्विक महत्व राख्ने स्थानको संरक्षणलाई पहिलो प्राथमिकतामा राखी सडक विस्तार आयोजना अघि बढाउनुपर्ने, विकास निर्माणका काम गर्दा नागरिकलाई असर पर्नेगरी धूलो उड्ने, हिलो हुने, खोलानाला प्रदूषित पार्ने स्थिति नबनाउन र पुरातात्विक महत्वका स्थल भत्काउन नहुने फैसलामा भनिएको छ। रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved