आईपिओ रोकिएको सामुदायिक लघुवित्तका सीइओ र संचालक समितिका अध्यक्ष पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 04:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तिय संस्थाका तत्कालिन सीईओ र संचालक समितिका ३ सदस्यलाई पक्राउ गरेको छ । साढे २ करोड भन्दा बढी रकम अनियमितता गरेको आरोपमा सीआईबिले उनीहरुलाई पक्राउ गरेको हो  । 

पक्राउ पर्नेमा  संचालक समितिका अध्यक्ष हिरा बिश्वकर्मा, संचालक समितिका सदस्यहरु चण्डेश्वरी प्रधान, बटुकृष्ण कार्की र तत्कालीन सीइओ स्वयम्भु राम जोशी रहेका छन्  । 

जोशीले आफ्नै संस्था  नेपाल महिला उत्थान केन्द्र लाई आधिकारिक निकायको स्बिकृत बिना मिलोमेतोमा गुडविलको रुपमाा २ करोड ५० लाख दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ  । जोशीले राष्ट बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षक मा  आफु खुसी ७ लाख ४४ हजार भन्दा बढि भुक्तानी लिएको पनि खुलेको छ  । 

निर्धारित हद भन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति स्वयम्भु राम जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा  संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला शुरु गरेको पनि खुलेको छ । संस्थाले आर्थिक कारोबार गर्दा  अपारदर्शी ढंगले कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । 

जोशीलाई यस अघि नै राष्ट्र बैंकले कारबाही गरेको थियो ।  कम्पनीमा अनियमितता देखिएको कारण देखाउदै राष्ट्र बैंकले अन्तिम समयमा आईपिओ रोकेको थियो ।  

पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved