‘हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 05:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सरकारको रवैयालाई कडा शब्दमा टिप्पणी गरेका छन। रसाईलिले १५ रुपैयाँ तिरेर पानि जहाज चढेर संसद आएको भन्दै सरकारको व्यंग्य गरे। 

‘आज हामी नेपालीहरु सबैजसो सांसदहरु हरेक दिन पानीजहाज चढेर आउँछौ' सांसद रसाइलीले भने 'त्यो पनि १५ रुपैयाँको पानीजहाजमा, आज गोकर्ण, जोरपाटी, त्रिपुरेश्वरको पानी जहाजमा चढेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँछौ।’ नेपालले पनि पानीजहाज किन्ने प्रधानमन्त्री केपी ओलीको केही समय अघिको भनाईप्रति व्यंग्य गर्दै सांसद रसाइलीले यस्तो व्यंग्य गरेका हुन।   

अर्को फरक प्रसंगमा सांसद रसाइलीले नाकाबन्दी कसले गरेक त्यो स्पष्ट भन्नुपर्ने माग गरे। भारतको संस्थापन पक्षले नाकाबन्दी गरेको भन्ने ओली र  मधेसका जनताले नाकाबन्दी गरेको भन्ने उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादब एकै ठाउँमा रहेको भन्दै नाकाबन्दी गर्नेबारे प्रष्ट पार्न माग गरे। 

प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा लिपुलेकको बारेमा केहि कुरा गर्न नसकेको आलोचना गर्दै सांसद रसाईलिले लिपुलेकका विषयमा पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताए।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved