महिनौं बित्दापनि सेवाग्राहीले पाएनन स्मार्ट लाइसेन्स, मोबाइल सेवाबाट पैसा असुल्दै बिभाग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 04, 2018 | 06:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमति पत्रको पर्खाईमा बसेका सेवाग्राहीहरुले लाइसेन्स पाउनका लागि पुन: फोटो खिच्न यातायात व्यबस्था कार्यालय जानुपर्ने भएको छ। यातायात व्यवस्था विभागले ८ महिना यता खिचेको फोटो धमिलो भएको पत्राचार गरेपछि सेवाग्राहीले पुन फोटो खिच्न बाध्य भएका हुन।

गत भदौदेखि चैतसम्म ट्रायल पास र लाइसेन्स नबिकरण गरि बायोमेट्रीक गर्दा खिचेको फोटो धमिलो देखिएको भन्दै बिभागले यातायात व्यबस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमतीलाई पत्रचार गरेपछि एकान्तकुना स्थित कार्यालयले यही असार ३० गते भित्र फोटो खिच्न सेवाग्राहीलाई सूचना जारि गरेको छ।

लाइसेन्स लिनैका लागि घन्टौं घाममा बसेर फोटो खिचाएका सर्वसाधारणहरुले यातायात व्यबस्था कार्यालयको हेलचक्र्याईका कारण फेरी दुख पाएका छन। पछिल्लो ८ महिनादेखि लाइसेन्स आउने आशामा बसेका सर्वसाधारणहरुले एकान्तकुना स्थित कार्यालयको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन। यसरी कार्यालय र कर्मचारीको कार्यसम्पादन फितलो भएपछि यसको मारमा सेवाग्राही परेका छन। 

नाम मात्रैको मोबाइल एसएमएस सेवा  

त्यस्तै यातायात व्यवस्था बिभागले ल्याएको स्मार्ट लाइसेन्सपनि नाममात्रकै स्मार्ट भएको छ। लाइसेन्सको लागि लिखित परिक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी दिनका लागि बिभागले ल्याएको मोबाइल एसएमएस सेवा प्रयोग काम बिहिन भएको पाइएको छ।

मोबाइल एसएमएसबाटै लाइसेन्सबारे जानकारी दिने भनेर बिभागले यो सेवा सुरु गरेपनि त्यसको प्रभावकारी प्रयोग नभएको सेवाग्राहीहरुको गुनासो छ। लाइसेन्स प्रकृया कहाँ पुग्यो र कति दिनमा बन्छ भनेर जानकारी लिनका लागि सेवाग्राहीले पैसा तिरेर मेसेज पठाएपनि लाइसेन्स नबनेको जवाफ मात्रै प्राप्त हुने गरेको छ। 

जति पटक जहिले मेसेज गरेपनि उस्तै रिप्लाई दिने मोबाइल एसएमएस सेवा नभई बिभागको पैसा कमाउने धन्दा मात्र भएको एक सेवाग्राहीले बिजपाटीलाई बताएका छन। ९ महिना अघि लाइसेन्सको परीक्षा पास गरेपनि लाइसेन्स नपाएका एकजना सेवाग्राहीले दैनिक जसो मेसेज गरेर जानकारी लिन खोजेपनि बिभागबाट सधैं "your License is NOT PRINTED yet . Please try after few days or contact related officer" भन्ने जवाफ पाएको बताए।  

बिभागले सधैं उस्तै शैलीमा पठाएको मेसेजले आफ्नो मोबाइलमा मेसेजको थुप्रो लागेको सुनाउदै उनले भने, 'मेसेजले मोबाइल भरियो तर खल्ती भने रित्तिदै गएको छ, बिभागको यो पैसा कमाउने धन्दा बाहेक अरु केहि होइन रहेछ नत्र हाम्रो लाइसेन्स प्रकृया कहाँ पुगेछ भन्ने जानकारी त मिल्थ्यो होला' उनले भने।     

यस विषयमा विभागका प्रवक्ता तुलसीराम अर्यालले स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन ल्याइसकेको र हाल दैनिक प्रिन्ट भईरहेको संख्या बढाएर २ देखी ३ महिनाभित्र समस्या समाधान गर्ने दाबि गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved