सातै प्रदेशका प्रमुख हटाउने मन्त्रिपरिषद्को निर्णय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 11:34:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्वाचन आचार संहिता लागू भएयता पूर्ववर्ती शेर बहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको छ। असार २० गते मंगलबार राति अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका  सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो। 

निर्वाचन आचार संहिता लागु भएको गत भदौ १४ देखि ओली नेतृत्त्वको सरकार गठन भएको फागुन ३ गतेसम्मको सबै राजनीतिक नियुक्ति खारेज भएको सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। 

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’ उनले भने। 

यस संगै सात वटै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति पनि खारेज भएको छ । कानुन मन्त्री शेर बहादुर तामाङले प्रदेश प्रमुखको नियुक्ति बदर भएको र अब नयाँ नियुक्ति हुने स्पष्ट पारे।’

 प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक भएकाले सबै प्रदेश प्रमुख हट्ने भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा , ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्तिका लागि भएका थिए।

संविधानको धारा १६३(३) मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै प्रदेश प्रमुख पदमुक्त गर्न सक्ने व्यवस्था छ।  पदमुक्त गर्न सरकारको सिफारिस आवश्यक पर्नेछ। अब मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको निर्णय राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved