माइतीघर मण्डलमा प्रदर्शन गर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 04:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाइने सरकारको निर्णयको खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले माइतीघर मण्डला सहितका स्थानमा घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै  मुद्दा दायर भएको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तोकिएका सबै निषेधित क्षेत्र हटाउन र ति स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका हुन्। उनको मुद्दामा शुक्रबार सुनवाई हुनेछ। 

गृह प्रशासन सुधार योजना अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले कार्यालयले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्दै ७ स्थानलाई प्रदर्शनस्थल तोकेको छ। साथै सरकारले सबै जिल्लमा प्रदर्शन गर्नको लागि निश्चित स्थान तोक्ने निर्णय समेत गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved