नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ, पुग्नु अगाडी नै पार्किङ स्थान बुक गर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 07:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । 

काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक र दरबारमार्गबाट नागरिकले पाउनेछन् । ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ । 

कोही व्यक्ति नयाँ सडक जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सक्छन् । ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा रहेको ट्राफिक जाम कम हुने छ । 

दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त स्मार्ट पार्किङमा हुन्छ । जुन सवारी साधनको नं दर्ता भएको छ उक्त सवारी साधनले मात्र तोकिएको समयमा उक्त स्थानमा पार्किङको सुविधा लिन पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved