गोबिन्द केसीको बिषय उठाउदै कांग्रेसले चल्न दिएन संसद , बैठक स्थगित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 06, 2018 | 01:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ । कांग्रेसले बैठक अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक आजै आधा घण्टाको लागि स्थगित गरेका छन् ।

काँग्रेसले आज संसदमा डा गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै  जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो  । तर आजको कार्यसुचीमा यसलाई समाबेश नगरेपछि कांग्रेसले आज नै यसमा छलफल गर्नु पर्ने भन्दै बैठक अबरोध गरेको हो   

बैठकमा प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोले आज नै यसमा छलफल गर्नु पर्ने र यो प्रस्ताव कार्यसुचीमा नराखेसम्म सदन चलन नदिने बताए ।

जवाफमा सभामुख महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार सम्बन्धित मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने ब्यबस्था रहेकोले सोहि अनुसार मिति र समय तोकिने जनाउदै सांसदहरुलाई आग्रह गरेका थिए  । 

तर सांसदहरु बस्न नमानेपछि महाराले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved