डिस होममा नयाँ संचालक समिति, अध्यक्षमा हेमराज ढकाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 06, 2018 | 04:22:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस होम मिडियामा नयाँ संचालक समितिको आगमन भएको छ। कम्पनीको असार २१ मा बसेको बैठकले देवी प्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरी हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ। 

त्यस्तै कार्यकारी प्रमुख सुदिप आचार्यलाई संचालक सदस्यमा नियुक्त गरी आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ। संचालकहरुको सर्वसम्मतीमा ढकाललाई अध्यक्ष र आचार्यलाई प्रबन्ध संचालकमा नियुक्त गरिएको हो। 

अध्यक्षमा निर्वाचित ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध छन भने सीईओ रुपमा कार्यरत आचार्य कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन।    

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो। यो कम्पनी  असार १८, २०७४ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) समेत निष्काशन गर्ने तयारीमा छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved