17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

मुस्ताङमा टिपर दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

Posted on:July 06, 2018

मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काले दिएको जानकारी अनुसार बा २ ख २२१९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको बताईएको छ । टिपरमा ३१ जना कामदार सवार रहेको बताईएको छ । 

घाइतेलाई एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टरमार्फत उपचारका लागी पोखरा ल्याईएको छ । 

समयमै उद्धार नहुँदा धेरैको ज्यान गएको बताईएको छ । 


Share your thoughts!

Loading...

Trending