24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

सरकारले राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराइलाई फिर्ता बोलायो

Posted on:July 08, 2018

citizen bank

सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराइलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराइलाई बोलाउने निर्णय गरेको हो। 

भट्टराईलाई साउन १५ भित्र नेपाल फर्कन निर्देशन दिईएको संचारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। आइतबारकै मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्त गर्ने सम्वन्धी मापदण्ड २०७५ लाई स्वीकृत गरेको हो।   

त्यस्तै सरकारले विश्व बैंक समुहको अन्तराष्ट्रिय बिकास संस्था (आइडीए) बाट  उर्जामा लगानी बनाउन तथा कार्यकुशलता सुधारमा बजेट सहायता स्वरुप उपलब्ध हुने करिव १० अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै भारत सरकारको सहयोगमा संचालीत साना विकास परियोजना कार्यान्वयनका लागि लागि कार्यान्वयन गर्ने निकाय र कार्यन्वयन प्रक्रिया तोक्ने निर्णय भएको छ ।    

मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिस गरेका ३३ जनालाई क्षतिपूर्ति दिने तथा  ब्यापार, खेलकुद, उर्जा, लगानी, पर्यटन जस्ता क्षेत्रमा सहयोग पुग्नेगरी नेपाल र साउदीबीच सहयोगसम्वन्धी समझदारी गर्ने निर्णय भएको छ ।  

Share your thoughts!

Loading...

Trending