युवराज भुसाल पदमुक्त, पुनर्निर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 08, 2018 | 11:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय निर्माण प्राधिकरणका सिईओमा पुन: सुशील ज्ञवालीलाई ल्याउने तयारि गरेको छ। पूर्ववर्ती देउवा सरकारका पालामा भएका सबै राजनीतिक नियुक्त बदर गर्ने सरकारको निर्णयसंगै युबराज भुसाल पदमुक्त भएपछी उनको ठाउँमा पुन: ज्ञवालीलाई ल्याउने लगभग तय भईसकेको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतले खारेजीमा परेका कयौं नियुक्ति मध्ये केहिलाई निरन्तरता दिने सरकारको तयारी थालेको जानकारी दिंदै प्राधिकरणको सीईओमा पुन: ज्ञवालीलाई ल्याउने लगभग तय भएको बिजपाटीलाई बताएका छन। तत्कालिन कांग्रेस माओवादी गठवन्धनको सरकारले ज्ञवालीलाई हटाएर गोबिन्द पोखरेललाई प्राधिकरणको सीईओ बनाएको थियो। अाफुलाई बर्खास्त गर्दाका बखत सुसिल ज्ञवालीको तर्फबाट अदालतमा रिट दायर भएको थियो , जुन अझै विचाराधीन छ । अदालतमा दायर रिट फिर्ता लिन लगाई ज्ञवालीलाई नै सीईओ बनाउने तयारी भएको बुझिएको छ ।  

यद्दपी ज्ञवालीलाई हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए। तर कांग्रेस-माओवादी गठवन्धनको सरकारले गोबिन्द पोखरेललाई नयाँ सीईओ बनाएको थियो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भुसाललाई तत्कालिन देउवा सरकारले प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो।     

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोहि अनुसार प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो तर पदमुक्त भएको पत्र आज आईतबार बुझाईएको छ।  नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए। 

सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको काम कारवाही चित्त नबुझे जुनसुकै बेला हटाउन सक्ने प्रावधान छ । तर हटाउनु अघि प्रस्टीकरणको मौका दिनुपर्ने ऐनमा व्यवस्था छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved