अन्तर्वार्ता कै क्रममा रोए प्रधानमन्त्री ओली, भिडियो भाइरल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 09:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो भाषण र अन्तर्वार्ताको क्रममा प्राय उखान टुक्का प्रयोग गरी प्रफुल्ल रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली एक टेलिभिजन अन्तर्वार्तामा भने रोएका छन्  ।  जनतासँग प्रधानमन्त्रीको पहिलो भाग छायांकनको क्रममा प्रधानमन्त्री ओली भावुक हुदै रोएका हुन् ।जनतासँग प्रधानमन्त्री  कार्यक्रम छिट्टै नै प्रसारणको क्रममा रहेको जनाईएको छ ।  

कार्यक्रममा प्रस्तोताले 'कति गार्हो गरेर बचेका छन् है नेपाली ' भनेर प्रश्न गर्दा प्रधानमन्त्री ओली भावुक बनेका हुन् ।  प्रस्तोताले यसो भन्दा ओलीले समर्थनमा टाउको हल्लाए, केहि बेर मौन रहे, निराश देखिए, अनि उत्तरमा 'कठिन छ जीवन' भने ।  त्यसपछि उनले एक छिन् है भन्दै खल्तीबाट रुमाल झिकेर रसाएका आँखा पुछेको भिडियोमा देख्न सकिन्छ ।  

हेर्नुस भिडियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved