विपी राजमार्ग विवाद : न्यायधिश नै इजलास लिन मान्दैनन, मुद्धा रहस्यमय बन्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2018 | 04:15:46 PM मा प्रकाशित

laxmi  sunrise bank

विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सडकखण्डको विषय झन रहस्यमय बन्दै गएको छ । आज मंगलबारका लागी पेशी तोकिएको मुद्धाको सुनुवाई भएन । अब अर्को पेशी कहिले तोकिन्छ भन्ने विषयमा अन्यौल देखिएको छ ।

न्यायधिशहरुले नै यस मुद्धाको इजलास लिन नमानेपछि आगामी पेशी कहिले तोकिन्छ भन्नेमा अन्यौलता देखिएको छ । यस विषयमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधिश दिपकराज जोशीले जतिसक्दो चाडो पेशी तोक्ने बताएका छन् । 

सर्वोच्चका मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराईले पनि जतिसक्दो चाडो पेशी तोकेर मुद्धाको छिनोफानो गर्ने आश्वासन दिएका छन् । तर साउन १ गतेदेखी १५ गतेसम्म अदालत बन्द रहने भन्ने विषय सुन्नामा आएपछि यस मुद्धा साउन १५ भन्दापनि पछाडी धकेलिने हो कि भन्ने आशङ्का उब्जिएको छ । 

सरकारले गत जेठ १४ गते विपी राजमार्गको सबै १ सय ५८ किलोमिटर सडकभरी नै सबै खाले गाडी चल्न दिने निर्णय गरेकोमा उक्त राजमार्गको सिन्धुली खुर्कोट सडकखण्ड कमजोर रहेको भन्दै सरकारको निर्णयको विरुद्धमा परेको मुद्धामा सर्वाेच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा आदेश दिएको थियो । 

यातायात व्यबस्था विभाग र यातायात मन्त्रालयले प्रधानन्याधिवक्ता मार्फत कारण पेश गरेपनि सर्वोच्चमा न्यायधिशहरुले नै इजलास लिन आनाकानी गरेपछि मुद्धा लम्बिने संकेत देखिएको छ ।  

सार्वजनिक सरोकारको विषयमा परेको मुद्धामा समेत सुनुवाई ढिलो हुँदा रामेछाप, दोलखा, सिन्धुलीकै उत्तरी भुभाग, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा सहितका जिल्लाबासी मारमा परेका छन् । 

विपी राजमार्गमा (मालबाहक) ठूला सवारी सञ्चालन नहुँदा भुकम्पपछिको पुननिर्माणमा रहेका जिल्लाहरुमा घर, विद्यालय, अस्पताल लगायतका संरचना निर्माणमा अझ ढिलाई हुने भएको छ । निर्माण सामग्रीको अभावमा हाल निर्माणको क्रममा रहेका निजी आवास, विद्यालय तथा अस्पतालहरुको काम अलपत्र परेको छ । 

घर तथा भौतिक संरचना निर्माणमा आवश्यक पर्ने रड, सिमेन्ट, जस्तापाता लगायतका सामान अभाव हुँदा भुकम्प पीडितलाई वर्षा अगावै छानामुनि ल्याउने सरकारको योजना पनि विफल हुने निश्चित भएको छ । वर्षात्को मौसम सुरु भईसकेको अवस्थामा जिल्लामा निर्माण सागम्री अभाव भएपछि घर बनाउँदै गरेका भुकम्पपीडित मारमा परेका छन् । उनीहरुले यसवर्षको वर्षात् पनि टहरामै विताउनुपर्ने भएको छ । 

अहिले रामेछापबाट सिन्धुली जाने कुनै पनि सवारी सञ्चालनमा छैनन् । यसले गर्दा जिल्लामा खाद्यान्न सहित अति आवश्यक बस्तुको हाहाकार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved