आँपको उत्पादनमा दोब्बरले वृद्धि, भारतीय आँप विस्थापित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2018 | 05:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्ष नेपालमा आँपको उत्पादन बढेको छ । सबै उत्पादनमा परनिर्भर भईरहेको र सबै उपभोगका सामान भारत सहित अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेका बेला यसवर्ष आँप भने नेपालले राम्रै उत्पादन गर्न सफल भएको छ । स्वदेशमै आँपको उत्पादन बढेसंगै अहिले फलफूल बजारमा स्वदेशी आँपले दबदबा कायम गरेको छ । 

बजारको माग धान्न केही हप्ता अगाडीसम्म भारतीय आँप आयात गरिएपनि हाल भने स्वदेशी उत्पादनले बजारमा कब्जा जमाएको छ । अहिले स्वदेशी आँपले नै बजारको माग धानिरहेको  कृषि बिकास मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले जानकारी दिए । ‘१५ दिन अगाडीसम्म नेपाली बजारमा भारतीय आँप थियो, तर अहिले जति पनि बजारमा आँप छन् सबै नेपाली उत्पादन हुन’ उनले भने । 

फलफूलको राजा मानिने आँपको सिजन भएको कारण यतिबेला फलफूल पसलमा आँप नै बढी देखिन्छ । यो बर्ष नेपालमा ८६ हजार मेट्रिक टन आँप उत्पादन भएको छ । 

भारतबाट आयात गरिएको आँपको मूल्य महंगो पर्छ । १५ दिन अघिसम्म एक केजी आँपको मूल्य १ सय ५० रुपैयाँ सम्ममा किनबेच हुन्थ्यो । तर हाल भने नेपालीहरुले  ७०, ८० रुपैयाँ प्रतिकिलो देखी १ सय रुपैयाँसम्मको आँप उपभोग गरिरहेका छन् । नेपालमै उत्पादित आँप भएको हुँदा आँपको मूल्य सस्तो पर्न गएको अर्यालको भनाई छ । 

यसवर्ष नेपालको भित्रि तराई रौतहट, सिराहा, सर्लाही लगाएतका जिल्लाहरुमा आँपको उत्पादनमा दोब्बरले वृद्धि भएको अनुमान गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved