वाणिज्य बैंकले एक महिनाको सुन एकैपटकमा आयात गर्न सक्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 11, 2018 | 08:54:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले सुनचाँदी व्यवसायीहरुको लागि एक महिनासम्मको लागि एकमुष्ठ रूपमा एकै पटक सुन किन्न पाउने भएका छन। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७५-७६ मार्फत बैंकहरुले सुन आयत गर्दा दैनिक आयात गर्न तोकिएको सिमाभित्र रही एक महिनाको सुन परिमाण एकै पटक किन्न पाउने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकको यस व्यवस्था अनुसार दैनिक २० किलोको सिमा भित्र रही बाणिज्य बैंकले महिनासम्मको सुन परिमाण एक पटक आयात गर्न पाउनेछन। अर्थात बैंकहरुले एक महिनामा ल्याउन पाउने ६०० किलो सुन एकै दिन एकै पटक आयात गर्न पाउनेछन।

त्यस्तै राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुले इजाजतपत्र लिई विदेशी, गैर–आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा म्भझभम भ्हउयचत सरह निर्यात भएको मानी विद्यमान व्यवस्था बमोजिम सुन उपलब्ध गराउने व्यवस्था गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved