सिन्धुपाल्चोकमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 08:54:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य अन्य ८ जना घाइते भएका छन्  । बिहिबार  बेलुकी सवाँ ८ बजे मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मीटर तल खसेको हो । 

मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका-३ की २५ वर्षीया सुनमाया तामाङ,५३ वर्षीया नानी तामाङ,५६ वर्षीया पोदोम तामाङ,६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved