मौद्रिक नीति बिरुद्द परेको रिटको पेशी तोकियो, ५ न्यायधीश सम्मिलित संबैधानिक इजलाशले हेर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 11:25:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको मौद्रिक नीति तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज शुक्रबार पेशी तोकिएको छ । अधिबक्ता स्वागत नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक मार्फत विद्यमान नेपालका प्रचलित आर्थिक कानुनविपरीत भारतीय मुद्रामा समेत बैंकहरूले ऋण लिन पाउने व्यवस्थाका विरुद्धमा रिट दायर गरेका हुन् 

रिटमा अधिबक्ता नेपालले मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान बिपरित रहेको उल्लेख गरेका छन्  । मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान को धारा ५, धारा ५० र धारा ५१ का साथै नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन २०१४, राष्ट्र बैंक ऐन २०५८ को प्रस्तावनासंग बाझिएको रिट निवेदनमा उल्लेख छ  । रिट निवेदनमा मौद्रिक नीति तत्कालको लागि कार्यन्वयन नगर्न नगराउन अन्तिरिम आदेशको माग गरिएको छ  । 

उक्त रिटको पेशी कामु प्रधानन्यायधिश सहित ५ न्यायधिश सम्मिलित संबैधानिक इजलाशमा तोकिएको छ  । यस संबैधानिक इजलाशमा  कामु प्रधानन्यायधिश दिपकराज जोशी, न्यायधिसहरु ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर जबरा, दिपक कुमार कार्की र केदार प्रसाद चालिसे रहेका छन् । 

हेर्नुस रिट निवेदन:


यस्तो छ बाझिएको बाझिएको बुंदा  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved