सलमानलाई देखाएर करोडौं असुल्ने कार्यक्रम संचालक पक्राउ, आयोजक गोर्खा ब्रुअरीलाई उन्मुक्ति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 14, 2018 | 07:33:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अभिनेता सलमान खानलाई देखाएर करोडौ असुल्ने ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ पक्राउ परेका छन। गोर्खा ब्रुअरीको योजनामा सलमानलाई नेपालमा ल्याएर टुँडिखेलमा नचाउने भन्दै करोडौंको टिकेट बेचेर ठगि गरिएको पाइएपछी गुरुङलाई पक्राउ गरिएको हो। 

ओडिसी इन्टरटेनमेन्टले गोर्खा ब्रुअरीको टुबोर्ग ब्राण्डको बियरको प्रवर्द्धनका लागि सलमानलाई टुँडिखेलमा नचाउने तयारि गरेको छ। सलमानसंग  टुँडिखेलमा नाच्न पाइने र गोर्खा ब्रुअरीको टुबोर्ग पिउन पाइने भन्दै ओडिसी इन्टरटेनमेन्टले करोडौंको टिकेट बिक्रि गरेको थियो। 

आफुहरुले महँगोमा टिकेट किनेपनि कार्यक्रम नभएको भन्दै पैसा फिर्ता माग्दा समेत ओडिसी इन्टरटेनमेन्टले पैसा फिर्ता नगरेपछि प्रहरीले सञ्चालक सिमान्त गुरुङलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमखु धीरजप्रताप सिंहका अनुसार गुरुङलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो।    

ओडिसी इन्टरटेनमेन्टले सलमानलाई देखाएर दबङ द टुरबाहेक अलग्गै रकम अशुल गरेको थापा पाएपछि सलमानले अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए। यद्दपी नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको 'धम्कि' ले सलमानको भ्रमण स्थगित भएको आयोजकको दाबि थियो। 

आयोजकले सलमानलाई चन्द्रागिरि केवलकारको प्रचारका लागि चन्द्रगिरी घुमाउने भन्दै आइएमइ समुहबाट र  पोखराका केही होटलसँग करोडौं  अशुल गरेको पाइएको थियो। 'दबङ द टुर' को टिकेट बाहेक अलग्गै बाटोबाट असुल गरिएको पैसा फिर्ता गर्नुपर्ने डरले आयोजकले सलमानको कार्यक्रम स्थगित भएपछि पनि पुनः कार्यक्रम आयोजना हुने भन्दै ढाँट्दै आएको थियो । आयोजकले 'दबङ द टुर' का लागि तीनदेखि २० हजार रुपैयाँसम्ममा टिकेट बिक्रि गरेको थियो।    

प्रहरीले ओडिसी इन्टरटेनमेन्टका सञ्चालक गुरुङलाई पक्राउ गरेपनि मुख प्रायोजक गोर्खा ब्रुअरीका सञ्चालकहरुलाई भने पक्राउ गरेको छैन। यस प्रकरणमा अगाडी ओडिसी देखिए पनि मुख्य आयोजक भनेको गोर्खा ब्रुअरी हो।      

पैसा असुल धन्धामा ओडिसी इन्टरटेनमेन्टका साथसाथै गोर्खा ब्रुअरी पनि उत्तिकै जिम्मेवारी भएको भन्दै महँगोमा टिकेट किन्नेहरुले गोर्खा ब्रुअरी र तीनका संचालकलाई समेत कारबाही गर्न माग गरेका छन।  सलमान समाजिक काम वा व्यक्तिगत भ्रमणका लागि आउनु उचित भए पनि रक्सीको प्रवद्र्धनका लागि नेपाल आउनु उचित नभएको भन्दै सामाजिक सञ्जालहरुमा उक्त कार्यक्रमको व्यापक विरोध भएको थियो।

प्रहरीले गुरुङविरुद्ध ठगी मुद्दा अघि बढाएको जनाएको छ। तर विभिन्न प्रकरणमा मुछिएका विवादास्पद व्यवसायी राजेन्द्र खेतानको समेत लगानी रहेको गोर्खा ब्रुअरीसमेत यस प्रकरणमा तानिसक्ने देखिएको छ। लामो समयदेखि सार्वजनिकरुपमा देखिने आँट नगरेका खेतान 'दबङ द टुर' प्रकरणमा तानिन सक्नेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved