मोबाइल र इन्टरनेट बैंकिंङबाट गरिने ट्रान्सफरमा नयाँ नियम, अब कति कारोबार गर्न पाइन्छ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 02:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा फेरबदल गरेको छ । राष्ट्र बैंकले  नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड,डेबिट कार्ड, प्रिपेड कार्ड र मोबाइल तथा इन्टरनेट बैकिंङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा फेरबदल गरेको हो ।

यस्ता छन् नयाँ ब्यबस्था :

क्रेडिट कार्डबाट रकम झिक्दा स्वीकृत सिमाको २५ प्रतिशतसम्म झिक्न पाइने । 

प्रिपेड कार्डबाट नेपाल भित्र रकम झिक्दा एक पटकमा न्युनतम ५ सय देखि अधिकतम २५ हजार झिक्न पाइने तर एक महिनामा ५० हजार भन्दा बढी झिक्न नपाइने ।

डेबिट कार्डबाट रकम झिक्दा एक पटकमा न्यूनतम ५ सय देखि अधिकतम २५ हजार सम्म झिक्न पाइने तर  एकै दिन १ लाख भन्दा बढि झिक्न नपाइने ।

मोबाइल र इन्टरनेट बैंकिंगबाट कारोबार गर्दा 
मोबाइल बैंकिंगबाट भुक्तानी कारोबार गर्दा एकपटकमा बढीमा ५ हजार वा प्रति दिन १५ हजार सम्म कारोबार गर्न पाइने छ  । साथै करोब्र्को बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा ५० हजार भन्दा बढीको भुक्तानी /जम्मा कारोबार गर्न पाइने छैन  ।
इन्टरनेट बैंकिंगबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाख सम्मको कारोबार गर्न पाइने छ तर  मासिक रुपमा १० लाख भन्दा बढीको कारोबार गर्न पाइने छैन  । इन्टरनेट बैंकिंगबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम ट्रान्सफर गर्दा पनि एक पटकमा अधिकतम १ लाख सम्मको कारोबार गर्न पाइने छ तर  मासिक रुपमा १० लाख भन्दा बढीको कारोबार गर्न पाइने छैन  । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved