17 Aug, 2018 | १ भदौ २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

कर्जा सुरक्षण कोषका सिईओलाई नहटाउन सर्वोच्चको आदेश

Posted on:July 18, 2018

citizen bank

सर्वोच्च अदालतले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई नहटाउन सरकारलाई आदेश दिएको छ । न्यायाधिशद्धय इश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको बुधबार बसेको संयुक्त इजलासले मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

मिश्रलाई खुला प्रतियोगिताद्वारा नियुक्त गरेको देखिएकाले उनलाई पदमुक्त गर्नेसरकारको गत असार २० गतेको निर्णय उपयुक्त नदेखिएकाले सो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पदमुक्त नगर्न सर्वोच्चले आदेश दिएको छ । 

मिश्रलाई शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गत असोज २७ गते खुला प्रतियोगिताद्वारा कोषको प्रमुख कार्यकारी नियुक्त गरेको थियो । 

सरकारले गत भदौै १४ गते यताका सबै राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेपछि खारेजीमा परेका मिश्र निर्णय कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च पुगेका थिए । 


Share your thoughts!

Loading...

Trending