डा केसीको अनसनस्थलमा गोली चल्यो, एक जना गम्भीर घाइते

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 03:22:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

डा केसी बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत छन् । उनलाई आज काठमाडौँ ल्याउने तयारी थियो । तर समर्थकले सरकारी टोलीलाई अनशन स्थल मै जान नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपको क्रममा प्रहरीले गोलि समेत चलाएको थियो । प्रहरीले चलाएको गोली अर्का प्रहरीलाई लागेको थियो । गोली लागेका प्रहरी गम्भीर घाइते भएका हुन् । 

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालको टोली डा केसीलाई लिन गएको हो । काठमाडौँबाट टोली पुगेकोले केसीको स्वास्थ्य अवस्था बुझ्न र केसीलाई काठमाडौँ लैजान समन्वय गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली पनि अस्पताल पुगेको थियो । तर डा केसीका समर्थकहरुले डा केसीलाई घेरा हालेर राखेका कारण मन्त्री शाहीको टोलीले केसीलाई भेट्न पाएनन् ।  

नोट:   प्रहरीले नै माइकिङ गरेर गोली लागेका अर्का प्रहरीको मृत्यु भएको जानकारी दिएकोमा पछि प्रहरीले नै मृत्यु नभएको जानकारी दिएकोले सोहि अनुसार समाचार सच्याईएको छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ । -सम्पादक 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved