'गण्डकी प्रदेशमा विकासको अथाह सम्भावना, समृद्ध बनाउने जिम्मा प्रदेश र स्थानीय सरकारको'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 19, 2018 | 10:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने बताएका छन। प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने र देश विकासका लागि राष्ट्रिय एकता चाहिने बताए। 

'हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ' प्रधानमन्त्री ओलीले भने 'हाम्रोमा विकासका सम्भावना असाधरण छन्, तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ।'

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा विकासको अथाह सम्भावना भएको बताए। गण्डकी प्रदेश पौराणिक महत्वको,स्रोतको प्रचुर सम्भावना भएको,नेपाल एकिकरणका ऐतिहासिक  प्रारम्भिक थलो पनि यही प्रदेशमा रहेको बताए। 

'तिब्बत देखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, उर्जा,शिक्षा,स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ हो” प्रधानमन्त्री ओलीले भने “यी सम्भवनालाई उचित प्रयोग गरेर यस प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको हो । यसमा केन्द्रीय सरकारको भरमुग्ध सहयोग रहन्छ ।”

संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकोले केही सरकार सञ्चालनमा केही असजिलो भएपनि आफ्नो अनुभवले खारिदै जानु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ। “हामी एउटा नौलो अभ्यासमा छौं । यस अघि हामीसंग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन” प्रधानमन्त्री ओलीले भने “अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजवुद बनाउनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैलाई अचम्म लागेको बताए । आधा शताब्दी भन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले भने “मैले नेतृत्व गरेको बेला लोकतन्त्र गुम्छ भन्नु आफैंमा हास्यास्पद छ ।” 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved