राजपाका नेतालाई ओलीको सुझाब: अनावश्यक मागमा अल्झिएर नबसौं, देश विकासमा लागौं

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 19, 2018 | 11:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राजपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन। प्रधानमन्त्री ओलीले ज्ञापनपत्र हेरेपछि पहिला उठाएका कतिपय मागहरु असान्दर्भिक भएको भन्दै त्यसमा पुनर्विचार गर्न राजपाका नेताहरुलाई सुझाब दिएका छन। 

संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताए। प्रधानमन्त्री ओलीले भने “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं, देश विकासमा लागौं ।”

प्रधानमन्त्री ओलीले  सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नु पर्ने बताउदै तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे। 

अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी दिए। 

राजपामा नेताहरुले तराइको बाढी, दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा, तराइको विकास,मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरे। छलफलका लागि नेताहरु मह्न्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्र राय यादव,राजकिशोर यादब र केशव झा बालुवटार पुगेका थिए। 




 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved